Archive for the 'विज्ञानको चमत्कार' Category

अब रोबोटहरुबीचमै कुराकानी हुने भो

August 15, 2007

जापानका अनुसन्धानकर्ताहरुले रोबोटहरुबीचमै आपसी संवादको आदानप्रदान गर्ने नयां पद्धति विकास गरेको जानकारी दिएका छन् । राष्ट्रिय सूचना संस्थाले यसलाई विश्वमै अति नै महत्त्वाकांक्षी र पहिलो योजना भनी उल्लेख गरेको छ । यो प्रणालीको विकासपछि एउटा रोबोटले अर्को रोबोटलाई आफूलाई लगाइएको काम र काम लगाउनु उद्देश्यको बारेमा अर्को रोबोटलाई संवाद सम्प्रेषण गर्नेछ ।

बालमस्तिष्कको वृद्धि र्छलंग देखिने

August 13, 2007

 अमेरिकामा गरिएको एक अध्ययनले ११ र १२ वर्षा बालबालिकाहरुको दिमागको वृद्धि जसरी हुन्छ, त्यसपछि वृद्धिको रफ्तारमा अवरोध आउने कुरा हालै अमेरिकाका चिकित्सकहरुले गरेको अनुसन्धानबाट सो कुरा पत्ता लागेको उल्लेख छ । ५०० जना उच्च स्वास्थ्य रहेकाहरुको नयां जन्म भएका शिशुहरुको एमआरआई परीक्षण गर्दा सो कुरा पत्ता लागेको हो । एमआरआई बाल अवधिभर मस्तिष्क वृद्धि कसरी [...]

कम सुत्ने व्यक्ति नपुंसक बन्ने डर

August 8, 2007

अमेरिकाको पेन्सिीलाभानिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कम सुत्ने मानिस हृदयसम्बन्धी रोगबाट प्रताडित बन्ने निष्कर्षनिकालेका छन् । अनुसन्धानकर्ताहरुले ३९ जना स्वयंसेवकहरुलाई केवल रातको चार घण्टा मात्र सुत्न लगाई गरिएको परीक्षणको क्रममा सो निष्कर्षा पुगेका छन् ।

अब घांसबाट क्यान्सर निको हुने

August 5, 2007

क्यान्सर रोग निवारणका लागि जिनसिन -कोरियामा पाइने एक जातिको घांस)को प्रयोग उपयोगी हुने कुरा अमेरिकी वैज्ञानिकहरुले बताएका छन् । क्यान्सर रोगबाट पीडितहरुलाई जिनसिन नियमित रुपमा प्रयोग गर्न दिइंदा रोग निवारणमा सकारात्मक प्रभाव परेको पाइएपछि विशेषज्ञहरुले सो कुरा बताएका छन् । जिनसिनमा ओमेगा-३, असिड र लिगनास नामक तत्त्वहरु रहेका कारण क्यान्सर रोग निवारणमा मद्दत पुगेको विज्ञहरुको [...]

मोबाइलको टोनबाट बाघ समातियो

July 29, 2007

नजिकको जंगलबाट आहारको खोजीमा गाउंमा पस्ने, मानिसमाथि आक्रमण गर्ने चितुवालाई समात्न भारतको गुजरातका वन अधिकारीहरुले मोबाइलको रिङटोनमा गाई तथा बाख्रा कराएको आवाज -बां र म्यां) प्रयोग गरेका छन् । बाख्र्रालाई रुखमा बांधेर र त्यसलाई खान आउने बाघलाई कुकुर लगाएर समाउने तरिकाभन्दा मोबाइलको रिङटोनमा गाई र बाख्रा कराएको आवाज बाघ समाउन प्रभावकारी बनेको वन अधिकारीहरुले बताएका [...]

योनी क्यान्सर चट् पार्ने खोप

July 24, 2007

महिलाहरुको योनीको प्रवेशद्वारमा लाग्ने क्यान्सर रोगको रोकथामका लागि अमेरिकी एउटा औषधि कम्पनी मर्ेकले तयार पारेको खोप शतप्रतिशत प्रभावकारी भएको कुरा बेलायतको एक चिकित्सासंग सम्बन्धी पत्रिकाले उल्लेख गरेको छ । महिला-पुरुषबीचमा यौनसर्म्पर्क गर्दा हुने र्घष्ाणबाट हुनसक्ने क्यान्सर रोगको पर्ूवरोकथाम सो कम्पनीले तयार पारेको खोप दिइंदा प्रभावकारी बनेको परीक्षणबाट प्रमाणित गरेको पत्रिकाले उल्लेख गरेको छ । आर्थिक-सामाजिक [...]