एकै नाउका हज्जारौंको भेला

संयुक्त अरब इमिरेट्सको प्रमुख व्यापारिक शहर दुबईमा एकै दिन, एकै ठाउमा एकै नाउका दुइ हजार जना भेला भएर नया रेकर्ड कायम गरेका छन् । एक महिनासम्म चल्ने किनमेल महोत्सवमा मुस्लिम जगतमै र्सवाधिक लोकप्रिय नाउ ‘मोहम्मद’ भएकाहरु भेला भई उक्त रर्कर्ड कायम गरेका हुन् । गत शुक्रबार मोहम्मद नाउ भएका बच्चा, जवान र बूढाहरु त्यहींकै एउटा पार्कमा एकत्रित भई आ-आफ्नो जन्मदर्ताको सक्कली प्रमाणपत्र नै पेश गरेका थिए । सन् २००३ मा स्पेनमा यसरी नै ‘मारिया’ नाउ भएका तीन सय ७५ जना एकै ठाउमा भेला भएर अनौठो रेकर्ड राखेका थिए ।दुबईमा चालु सो महोत्सवमा स्कूलका १६ हजार केटाकेटीहरुले रातो, सेतो, कालो र हरियो कपडा बोकेर संसारमै सबैभन्दा ठूलो झण्डा -संयुक्त अरब इमिरेट्सको राष्ट्रिय झण्डा) बनाएका थिए । महोत्सवमा सहभागीहरुले अन्य तीनवटा विश्व रेकर्ड पनि कायम गरेका थिए ।

Leave a Comment