चिलीको राजधानी सान्टियागोमा हालै एक घरको छाना भत्किएको छ । छाना भत्किनु निश्चय पनि दुःखको कुरा हो तर छाना भत्कनुको कारण भने अजीवको छ । उक्त घरको छानामा गत पन्ध्र बर्षेखि चराचुरुङ्गीले गरेको फोहरले गर्दा छाना भत्किएको थियो ।
Archive for September, 2007
चराचुरुङ्गीको बिष्टाले गर्ल्यामगर्र्लुम
September 30, 2007आकाशमै गानाबजाना
September 29, 2007हालै सम्पन्न अराउण्ड दि वर्ल्ड ओसियन रेस कार्यक्रमको समापनका दौरान आकाशमै संगीत कार्यक्रम प्रस्तुत गरियो । ट्रान्स एक्सप्रेस ग्रुपका कलाकारहरुले जर्मनीको कील नामक शहरमा उक्त मोहक प्रस्तुति राखेका थिए । उनीहरुले आकाशमा कठपुतलीले जस्तै ब्याण्डसहित आफ्नो कार्यक्रम देखाएका थिए ।
विश्वकै लामो पुल
September 28, 2007हाङझाउ । चीनले हाङझाउ खाडीमाथि पुल बनाउने योजना बनाउ“दैछ । सो पुल ३६ किमी लामो अर्थात् विश्वकै सबैभन्दा लामो पुल हुनेछ । यसै वर्षशुरु गर्ने योजना बनाइएको सो पुलको निर्माणमा चीन सरकारले १ अरब ९३ करोड अमेरिकी डलर लगानी गर्दैछ ।
गाईको नाम बेकह्याम
September 28, 2007गाईको नाम बेकह्यामबेलायतको एक डेरी फार्मका मालिकले आप गाईहरुलाई नियालेर हर्दा गाईको टाउकोमा अंग्रेजीको ७ अक्षर जस्तै बान्की देखे । उनले तत्काल नै त्यस गाईको नाम बेकह्याम राखेका छन् । बेलायती फुटबल टिमका राष्ट्रिय क्याप्टेन डेविड बेकह्यामको जर्म्बर ७ भएकोले उनले आपनो गाईका नाम पनि बेकह्याम नै राखेका थिए ।
धेरै पुरानो शहर
September 28, 2007काबुल । अफगानिस्तानमा १७०० वर्षपुरानो एउटा नगर फेला परेको छ । पर्ूर्वी अफगानिस्तानको एउटा होचो स्थानमा फेला परेको उक्त नगर कुशल साम्राज्यको समयमा बसालिएको अनुमान छ । भर्खर फेला परेको उक्त नगर ३० वर्ग किमि क्षेत्रमा फैलिएको छ ।
पागल प्रेमी
September 27, 2007भारतीय वायुसेनाका २६ वषर्ीय एक जवानले आफ्नी प्रेमिकाको जन्मदिनको खुशीयालीमा जैसलमेरको टुरिष्ट टाउन जोधपुरमा सेनाकै मिग- ६ हेलिकोप्टरबाट उपहार खसालेर प्रेमिकालाई अचम्मित तुल्याएका छन् ।
कुकर्र्नीको कन्त बिजोग
September 27, 2007१३ मई २००२ मा प्रशान्त महासागरमा इण्डोनेसियाको एक ट्यांकर क्षत्रि्रस्त भयो । उक्त दर्ुघटनामा परेकाहरुको उद्धारको लागि गएको नर्वेको जहाजले मान्छेहरुको उद्धार गर्यो तर जहाजमा भएको एक कुकर्ुर्नीलाई उनीहरुले वास्तै गरेनन् ।
रिसको झोंकमा
September 27, 2007हंगेरीका सार्की जोसेफ कोबाक्सले जुत्ता कारखानामा आएको मन्दीबाट आक्रोशित भएर अनौठो काम गरेका छन् । त्यस क्रममा उनले बनाएको जुत्ताको लम्बाई १४ सेन्टिमिटर र तौल ६५ किलोको थियो । विश्वकै सबभन्दा ठूलो उक्त जुत्ता त तयार भयो तर उक्त जुत्ता लगाउनेचाहिं को होला -
झारपात खाएर बाच्दा
September 26, 2007गत जुन महिनामा चीनको एक कोइला खानीमा दर्घटना हुदा त्यहा पुरिएका चार मजदुरहरुले धर्य र आटकासाथ जीवित रहन सफल भए । खानीमा पुरिएका उनीहरुले कोइला र झारपात मात्र खाएर ज्यान बचाउदै बाहिर निस्कन सफल भएका थिए ।
लुगाभरि भिटामिन
September 26, 2007अष्ट्रियामा हाल जर्मन वैज्ञानिकहरुले तयार पारेको स्वस्थ लुगा निकै प्रचलनमा आएको छ । बिभिन्न भिटामिन राखिएका त्यस्ता लुगा लगाउूदा निरन्तर भिटामिन ए, बी, सी आपरूर्ति गरिरहेको हुन्छ ।