बिरालोले गोली हान्दा मालिक इन्तु न चिन्तु

एकजना अमेरिकी आफैंले पालिराखेको बिरालोले हानेको गोलीको शिकार बनेका छन् । यसै हप्तामात्र सो घटना भूइमा राखिएको नौ मीमीको पेस्तोलमाथि बिरालोले टेकेपछि घटना घटेको हो । मिचिगन राज्यको बेटस टाउनसीप निवासी २९ वषर्ीय जोसेफ स्टान्टोन गोली चल्दा भान्छाघरमा खाना पकाउदै थिए । गोली लागेपछि छरछिमेकले उनलाई तत्काल आइरन काउन्टी कम्युनिटी हस्पिटल पुर्‍याउन सकेका कारणमात्र उनको ज्यान बचेको थियो ।

Leave a Comment