Archive for August 30th, 2007

गृहिणी बन्न तालिम

house.jpgभारतको भोपालमा एउटा त्यस्तो संस्था खोलिएको छ, जहाकेटीहरुलाई कुशल गृहिणी बन्ने प्रशिक्षण दिइन्छ । मञ्जु संस्कारनामक उक्त संस्थामा ३ महिना दिइने उक्त प्रशिक्षणमा लोग्नेको घरमा अरुहरुलाई कसरी व्यवहार गर्ने र आफूले त्यहाकसरी उपयुक्त भूमिका निर्वाह गर्ने भन्ने सिकाइन्छ । उक्त संस्थाको प्रशिक्षणबाट पारपाचुकेको प्रतिशत घट्ने अपेक्षा गरिएको छ ।

ठूलो खोरमा बाघको हनिमुन

tiger.jpgचीनमा ८ वषर्ीय बाघ र ७ वषर्ीय बघिनीबीच बिहे सम्पन्न भएको छ । जिलिन प्रान्तको राजधानी चाङ्गचुनस्थित जीव तथा वनस्पति गार्डर् मे २७ मा सम्पन्न उक्त बिहेपछि हनिमुनका लागि दुवैलाई एउटै, तर ठूलो खोरभित्र राखिएको छ । भव्य तवरमा मनाइएको बाघ जोर्र्रो र बघिनी लेलेबीच सम्पन्न सो वैवाहिक समारोहमा एउटा बादर -चिम्पाञ्जी) गोङ्गले पटाका पड्काएर हर्षमनाएको थियो भने बिहेपछि लेलेलाई हनिमुन कोठासम्म फूलले सिङ्गारिएको बग्गीमा राखेर ल्याइएको थियो । बिहेमा चिडियाघरका कर्मचारी जन्ती गएका थिए । सेतो बाघ जोर्र्रो सान्डोङ्ग प्रान्तको हो भने बघिनी लेलेलाई चाहिसाइबेरियाबाट ल्याइएको थियो ।

कारभन्दा महगा कुकुर

dog_in_car1.jpgइङ्ल्याण्डमा सुविधायुक्त भव्य कार राख्नुभन्दा कुकुर पाल्नु महगो सावित हुदै गइरहेको छ । कुकुरहरुको बिमा गराउने कम्पनीका मालिक चर्चिलका अनुसार, सामान्यतः बेलायतीहरुले एउटा कुकुरमा सालाखाला बीस हजार पौण्ड -२९ हजार युरो अर्थात् ३८ हजार अमेरिकी डलर) खर्च गर्छन् । तर, हालै इंग्लिस मीडल्याण्डमा आयोजित ‘कुकुर पर््रदर्शनी’मा राखिएका कुकुरहरुमध्ये ग्रेट डेननामक कुकुर सबैभन्दा महगो कुकुर घोषित भएको छ । संसारभरिका २१ हजार चार Read more »

आफू हिड्दा पनि छिमेकीलाई सास्ती

छुट्टी मनाउन घरबाहिर हिडेको एक जर्मन दम्पत्तिले आफ्नो अनुपस्थितिमा पनि छिमेकीहरुलाई हैरान पार्न नछाडेपछि त्यहाका प्रहरीहरुको निन्द्रा खल्बलिएको छ । छिमेकीहरुले तिनीहरुका कारण राति सुत्न नसकेको शिकायत गरेपछि प्रहरीले तिनलाई खोज्न थालेको हो । छिमेकीहरुले प्रहरी कार्यालयमा रातिको दर्ुइ बजेदेखि चार बजेसम्म सो दम्पत्तिका कोठाबाट भाले कराएको चर्को स्वर आउने गरेको कारण आफूहरुको निन्द्रा खल्बलिन पुगेको गुनासो गरेका थिए । Read more »