dream sms Read more »
Archive for August 22nd, 2007
valentine sms Read more »
साबुन संग्रहालय
हुलाक टिकट, मुद्रालगायतका सामानको संग्रह गर्ने प्रचलन विश्वका धेेरै स्थानमा भए पनि रुसको राजधानी मस्कोका मिखाइल बात्रुखिनले आफ्नो सानो फ्ल्याटमा साबुनको संग्रहालय नै बनाएका छन् । हालसम्म ५०० प्रकारका साबुन संकलन भइसकेको छ । त्यसमध्येको सबैभन्दा दर्ुलभ साबुन सन् १९१० मा बनेको थियो ।
छोरीलाई र्सप दाइजो
र्सप भन्नासाथ सामान्यतः हामी तर्सने गर्छर्ाा तर भारतको राजस्थानस्थित सपेरा जातिमा छोरीको विवाहमा र्सप दाइजो दिने प्रचलन छ । र्सप नचाउने र त्यसको विष निकाल्ने पेशामा संलग्न यस जातिभित्र दाइजो लिनु र दिनु दुवैलाई पाप ठानिन्छ । तर, विवाहमा नाचगानपछि भने केटीपक्षले केटापक्षलाई नौ-दशवटा र्सप दिने प्रचलन छ ।
अचम्मको आवाज
अफगानिस्तानको राजधानी काबुलनजिकै बालुवै-बालुवा भएको ठाउूमा घोडा दौडिरहेको आवाज आउँछ भने इजरायली सिनाइ उपत्यकाको एक पर्वतमा सधैं घण्टी बजिरहेको सुन्न सकिन्छ । यसैकारण उक्त स्थानको नाम नै ‘बेल माउण्टेन’ रहन गएको छ । त्यस्तै इरानी मरुभूमिको कतिपय स्थानमा कसैले बीन बजाइरहेको जस्तो आवाज आउने गर्दछ
माछामा को सुन्दरी -
विश्वभरि महिलाहरुको सौर्न्दर्य प्रतिस्पर्धा हुनु नौलो होइन तर अब भने माछाको सौर्न्दर्य प्रतियोगिता पनि हुन लागेको छ । सिंगापुरमा चाूडै नै यस प्रकारको प्रतियोगिता गर्न लागिएको हो । यस प्रतियोगितामा माछाको रंग र बीचको पखेटा -फिनो) को आकारका साथै माछाको सक्रियता र झगडा गर्ने बानी आदि आधार मानी ‘फिस ब्युटीक्वीन’ छनोट गर्न लागिएको हो । सिंगापुरको एक सपिङ्ग कम्प्लेक्समा गर्न लागिएको उक्त प्रतियोगितामा दर्ुइ सयभन्दा बढी माछा सहभागी हुनेछन् ।
Comments(0)