Archive for August 11th, 2007

हृदयको स्थान

 दर्शन

 जाडो महिनाको चिसो रातमा एकजना जोगीको झुपडीको ढोकामा कसैले वास बस्न ढक्ढक्यायो । झुपडीमा मात्र श्रीमान्/श्रीमती सुत्ने ठाउं थियो । जोगीले श्रीमतीलाई ढोका खोल्न भने, तर उनले भनिन्-’यहां ठाउं कहां छ र ढोका खोल्ने - यहां दर्ुइजना सुत्न सक्छन्, तीनजना बस्न सक्छन् । कुनै यो महल हो र - ठाउं सांघुरो हुने -’ जोगीले भने ।श्रीमतीले ढोका खोलिदिइन् । ढोका ढक्ढक्याउने बटुवाहरु तीनजना भित्र पसेर बसे । केही समयपछि फेरि कसैले ढोका ढक्ढक्यायो । जोगीले यात्रीलाई भने ढोका खोलिदेऊ । उनीहरुले भने- ‘ठाउं कहां छ र -’जोगीले भने- तीनजनालाई बस्ने, चारजनालाई उभिनका लागि अहिले पनि प्रशस्त ठाउं छ । ठाउं बनाउ+mला । हृदयमा ठाउं हुनर्ुपर्छ । झुपडीको ढोका खुल्यो । चारैजनाले उभिएर रात बिताए

बुशको भन्दा भव्य बङ्गला

1111.jpg

अमेरिकाको कोलोराडोमा निर्मित एउटा घर ९ अरब नेरु मा विक्री भएको छ । आस्पेनमा सन् १९९१ मा बनाइएको यो भवनमा १५ वटा शयनकक्ष, १६ वटा बाथरुम, केटाकेटी खेल्ने एउटा पार्क, ब्युटीपार्लर, स्वीमिङ्ग पुल, टेनिस कोर्ट र स्की खेल्ने मैदानसमेत छ । घरका मालिक साउदी अरबका राजकुमार बन्दार विन सुल्तान हुन् । बन्दार गतसालसम्म अमेरिकाका निम्ति साउदी राजदूत थिए । उनीमाथि एक अरब पाउण्ड घोटालाको आरोप लागेको छ । अमेरिकी राष्ट्रपति बस्ने भवन ह्वाइट हाउसभन्दा ठूलो यो घरमा सन् १९९१ देखि आफ्नी पत्नी हाइफाको साथ उनी आफैं बस्दै आएका थिए । घर विक्री न्यूयोर्कमा कार्यालय रहेको प्रसिद्ध दलाल कम्पनीका मालिक जोसुआ सास्लोभेमार्फ गरिएको हो । ९५ एकड जमीनमा फैलिएको उक्त घर त्यहा ‘हाला राञ्च मेन्सन’को नाउले प्रख्यात छ ।

हुदाहुदा गुप्ताङ्गमा ठगी

पुरुष लिङ्ग लामो पार्ने औषधिबाट ठगिएका एक व्यक्ति अमेरिकी अदालतको शरणमा गएका छन् । न्युजर्सरी नवासी माइकल कोलुज्जीले ‘३० दिनभित्र लिङ्ग लामो हुने ग्यारेन्टी’ भनेर विज्ञापन गरिएको औषधि Vigrx / Enzyfe ५९.९५ डलरमा किनेर खाएका थिए तर विज्ञापनमा बताइएअनुसार औषधिको पूरा मात्रा खादा पनि आफ्नो शिस्नको लम्बाईमा कुनै परिवर्तन नआएपछि Read more »

दिन-रात म्वाईं खाएर हरियो डलर

ताइवानका तीन जोडीले लगातार २४ घण्टाभन्दा बढी समयसम्म म्वाईं खाएर सात हजार पाच सय अमेरिकी डलर इनाम जितेका छन् । Read more »