Archive for August 1st, 2007

महिलाद्वारा पुरुष बलात्कृत

नर्वेको अदालतले बलात्कारको आरोपमा एउटी महिलालाई ९ महिने जेल सजाय सुनाएको छ । त्यहाको संवाद समिति एनटीबीका अनुसार स्क्याण्डिनेभियान मुलुकमा बलात्कारको आरोपमा महिला दण्डित भएको यो पहिलो घटना हो । Read more »

दुइ हजार महिलाले नांगै फोटो खिचाए

नेदरल्यान्डको अम्सर्ेर्डम सहरमा रहेको एउटा ऐतिहासिक नहरमा महिलाहरुको नग्न अवस्थामा साइकल चढेको पोजमा फोटो खिचाएका छन् । फोटो खिचाउने काममा सरिक भएका २,००० महिलालाई चारवटा ग्रुपमा विभाजन गरी फोटो खिचाइएको थियो । सो कार्यक्रममा सरिक महिलाहरु पंक्तिबद्ध भएर फोटो खिचाउन बसेका थिए । विश्वभर नै र्सार्वजनिक स्थानहरुमा नांगो फोटो खिचाउने अमेरिकाको बु्रकलिन नामक संस्थाले सो कार्यक्रमको आयोजना गरेको हो । Read more »

विश्वकै सबभन्दा ठूलो नाच

देशका धेरै सहरमा धेरैजनाले एकैसाथ नाचेर विश्व रेकर्ड कायम राख्ने उद्देश्यले स्लोभेनियामा हालै नृत्य समारोहको आयोजना गरिएको थियो । त्यसरी आयोजना गरिएको समारोहमा ४० वटा सहरका २४,४१६ जना एकैसाथ नाचेका थिए । कालो टीर्-र्सट लगाएका तथा सेतो छाता हातमा लिएका ती मानिसले नाचेको दृश्य भने हर्ेनलायक बनेको थियो । स्लोभेनियाको पर्यटन विभाग तथा नगरपालिकाले संयुक्त रुपमा सो सामूहिक नृत्य पर्रदर्शनको आयोजना गरेका थिए । यसअगाडि आयोजना गरिएको त्यस्तै समारोहमा २३,६०० मानिस र ३६ वटा सहरमा नृत्य समारोहमा सरिक भएको विश्व रेकर्ड कायम भएको थियो ।

महिला अधिकारकर्मि अन्नु भाउजु

लघु कथा 

अन्नु भाउजु आजभोलि हाम्रो शहरमा प्रख्यात महिला अधिकारकर्मि हुनुभएको छ । हुन पनि किन नहुनु वहाको श्रीमान दिनेशदाई ठुलो एन जि ओ चलाउनुको साथै मानव अधिकारकर्मि हुनुहुन्छ । अन्नु भाउजुका लेख रचनाहरुमा महिला मुक्तिका कुराहरु प्रसश्त मात्रामा पाइन्थ्यो । महिला अबला बन्यो भने पुरुषहरुले त्यसको फाईदा उठाउछन त्यसैले महिला माथि शोषण हुने बितिकै त्यसको बिरुद्रमा स्वयम उभिनु पर्छ र त्यसको प्रतिकार गर्नु पर्छ भनि हरेक मन्च बाट भन्नु कहिले बिर्सनु हुदैन थियो । Read more »