आफ्नो शरीरबाट कसले छिटो ब्रा फुकाल्न सक्ने भन्ने प्रतिस्पर्धा गराएकोमा सो प्रतिस्पर्धा गराउने रेडियो स्टेसनलाई सिंगापुरको सरकारले दण्डित गराएको छ । ब्रारहितको खसीको मासु खाने सो प्रतियोगिता अनुपयुक्त तथा शोषणजन्य भएको निष्कर्षा पुगी सरकारले उक्त सरकारी स्वामित्वमा रहेको रेडियोलाई १५,००० सिंगापुर डलर जरिवाना गराएको हो । सो ब्रा फुकाल्ने कार्यक्रमसंगै रेडियोमा कस्तो डिजाइन, रंग र आकार तथा साइजको ब्रा छिटो फुकाल्न सकियो र छिटो फुकाल्ने केटीको स्तनको आकार कत्रो थियो भन्ने कुरासमेत प्रसारण गरिएको थियो । रेडियोको वेबसाइटमा राख्नका लागि ब्राको पोजसहितको भिडियो खिचाउन पनि आयोजकले बाध्य पारेका थिए ।